Grade6_Nep_Chp5

Grade6_Nep_Chp5

Published on 9 May 2023
  • Facebook
  • Twitter
  • Linkedin
LB
Luniva Bajracharya
Luniva's Personal Gallery
Transcript
00:00
अर्थ
00:00
विभूषित
00:00
वाक्य
00:00
शब्द
00:00
सिँगारिएको, सजाइएको
00:00
डाक्टर सन्दुक रुइत बहराइनको राजाद्वारा पुरस्कृत गरिने इशा पुरस्कारबाट विभूषित भएका छन् ।
00:05
उर्वरा
00:05
धेरै उब्जाउ हुने भूमि
00:05
हाम्रो गाउँमा उर्वरा भूमि भएकोले यसपालि राम्रो धान फल्यो ।
00:09
सिर्जनशील
00:09
सिर्जनामा लागिरहने
00:09
 पारिजात एक सिर्जनशील लेखिका तथा कवियत्री थिइन् ।
00:14
साधना 
00:14
सफलता प्राप्तिका निम्ति बारबार गरिने अभ्यास
00:14
अरु कला जस्तै चित्रकला एक साधना, मेहेनत र परिश्रमको परिणाम हो ।
00:18
समर्पण
00:18
आफ्नो अधिकार, स्वामित्व आदि कसैलाई दिने काम
00:18
डा. महावीर पुनले नेपालमा आविष्कार तथा अनुसन्धानको लागि आफ्नो जीवन समर्पण गर्नु भएको छ ।
00:22
समर्पित
00:22
सुम्पिएको, चढाइएको
00:22
जनताको सेवामा समर्पित हुनु नै राजनितिज्ञहरुको काम हो ।
00:26
पाश्चात्य 
00:26
पश्चिमेली
00:26
अहिले नेपाली समाजमा पाश्चात्य संस्कृतिको बढ्दो प्रभाव छ ।
00:30
अभिरुचि
00:30
कुनै विषय वा वस्तुप्रति भएको तीव्र रुचि
00:30
मेरो साथी पेशाले वकिल भएता पनि गायन उसको अभिरुचि हो ।
00:34
वरिष्ठ
00:34
उच्चकोटिको
00:34
डाक्टर भोला रिजाल चिकित्सा क्षेत्रमा एक वरिष्ठ व्यक्ति हुनुहुन्छ ।
00:38
स्रष्टा
00:38
रचना गर्ने, निर्माता
00:38
“गाउँछ गीत नेपाली” भन्ने चर्चित गीतका स्रष्टा राष्ट्र कवि माधवप्रसाद घिमिरे हुन् ।
00:41
अहोरात्र
00:41
दिनरात
00:41
पत्रकारहरु आफ्नो कामको लागि अहोरात्र खट्छन् ।
00:45
संयोजन 
00:45
दुई वा दुईभन्दा बढी तत्त्व मिल्ने वा जोडिने काम
00:45
जिन्दगी भनेको हाँसो र रोदनको संयोजन हो ।
00:49
गम्भीर
00:49
विचारपूर्ण, गहिरो
00:49
मेलम्चीको पानीको विषयमा जनप्रतिनिधिहरु गम्भीर हुनुपर्ने आवश्यकता देखियो ।
00:53
प्रयोगशील
00:53
प्रयोगमा ल्याउन सिपालु
00:53
प्रयोगशील शिक्षाले विद्यार्थीहरुलाई कक्षाकोठाको सिकाइ आफ्नो जिवनसँग जोड्न मद्दत गर्दछ ।
00:57
मूर्धन्य
00:57
ठुला, प्रमुख
00:57
विश्वेशवरप्रसाद कोइराला साहित्य तथा राजनितिका एक मूर्धन्य व्यक्ति हुन् ।
01:01
साधक 
01:01
कुनै कुरा सिद्ध गने
01:01
गोपाल एक योग साधक हुन् ।
01:05
शताब्दी 
01:05
सय वर्षको समय
01:05
अहिलेको शताब्दी सूचना तथा सञ्चार प्रविधि विकासको शताब्दी हो ।
01:09
समृद्ध
01:09
धनधान्य आदिले सम्पन्न
01:09
नेपाल जलस्रोतले समृद्ध मुलुक हो ।
01:13
अभिनन्दन 
01:13
योगदान गर्ने व्यक्तिलाई गरिने सम्मान
01:13
वीरगञ्जमा महानगरपालिकाले ज्येष्ठ नागरिकलाई अभिनन्दन गरेको छ ।
01:17
प्रतिबद्ध
01:17
बाँधिएको, कटिबद्ध
01:17
अहिलेको पुस्ताहरु नयाँ प्रविधिसँग जानकार हुन प्रतिबद्ध छन् ।